बायोपिक चलचित्र ‘उल्टो साइकल’ घोसणा


सेलिब्रेटी नेपाल काठमाडौँ

उल्टो साइकल चलाएर ६३ देश घुमेका बिरेश दाहालको जीवनीमा आधारित बायोपिक चलचित्र ‘उल्टो साइकल’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गरी चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो । श्री राम दाहालको लेखन तथा निर्देशन रहने चलचित्र लाई एनआरएन जीता कटवालले निर्माण गर्ने छिन ।

उल्टो साइकल यात्री दाहालको साहसिक एवं रोमाञ्चक यात्रा र जीवनीमा आधारित यस चलचित्रलाई दाहालले विगत ६ वर्ष देखि स्क्रिप्ट लेखनको कार्य अनवरत रुपमा गर्दै आएको र त्यसले मूर्त रुप पाएको समारोहमा बताए । यता साइकल यात्री दाहालले आफूले ६३ देश पुग्दाको अनुभव उक्त कार्यक्रममा सेयर गरेका थिए । विदेशको यात्रा अगाडि उनले नेपालको मेची– महाकाली यात्रा सम्पन्न गरेका थिए । आगामी पौष २७ गतेबाट उदयपुर सँगै मेची– महाकाली राजमार्गका विभिन्न स्थानहरुमा चलचित्रको छायांकन प्रारम्भ गरिने निर्माण संस्थाले जनाएको छ ।
नरेन्द्र बराल र बिनोद खतिवडा कास्टिङ निर्देशकको रुपमा छनोट भएका छन् । बिग बुद्ध इन्टरटेन्मेन्ट प्रा.लि. को व्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा कलाकार तथा प्राविधिक भने छनोट हुन बाँकी रहेको छ ।