बर्षालाई ११ प्रश्न : यस्तो छ बर्षाको ‘सपनाको सहर’


आजको नागरिक(काष्ठमण्डप)मा अभिनेत्री बर्षा शिवाकोटीसँगको अन्तवार्ता छापिएको छ । शिवहरि घिमिरेको प्रस्तुति रहेको अन्तवार्ताको मुख्य अंश यस्तो छ:

तपाईंलाई मन परेको सहर कुन हो ?
मलाई मन पर्ने सहर पोखरा हो । व्यवस्थित छ प्रदुषण छैन ।

नेपाल बाहीर कुन कुन सहर घुम्नुभएको छ ?
म युरोपको धेरैजसो शहर घुमेकी छु । त्यहाँका सबै सहर सुन्दर र व्यवस्थित छन् ।

नेपालका सहर कस्तो लाग्छ ?
-आधुनिकता र व्यवस्थापनका हिसाबले नेपालका सहर विदेशी मुलुकका भन्दा धेरै पछाडी छन् । ऐतिहासिक, मौलिक र प्राकृतिक पक्षलाई नियाल्दा नेपाल धेरै अगाडि छ ।

आफ्नो सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
सहरमा आराम गर्ने शान्त ठाउँ होस् । सहरमा बस्ने एकले अर्को लाई अवरोध नगरोस् । सहरको गल्लीमा कतै फोहोर नभेटियोस् । सडक व्यवस्थित होउन् । सेवा सुविधा लिन झन्झट व्यहोर्नुनपरोस् ।

हाम्रा सहरमा यति विशेषता हुँदाहुँदै पनि पर्यटक आकर्षण गर्न सकिरहेका छैनौं किन होला ?
अझै पनि यहाँको सुन्दरता र ऐतिहासिक पक्षबारे विश्वमा धेरै मानिसलाई थाहा छैन । पर्यटन विकास गर्न सरकारले नीति ल्याउनुपर्छ ।

सहरलाई सफा बनाउन के गर्नुपर्छ ?
-नागरिक(जनता) र सरकार लाग्नुपर्छ । नागरिकले जथाभावि फोहोर फाल्नु हुँदैन । विकास निर्माणका कार्य सरकारी निकायले छिटो सक्नुपर्छ ।

काठमाडौंको मन पर्ने पक्ष के हो ?
यहाँको मौसम, हावापानी मनपर्छ । सम्पदा, मठ मन्दिर राम्रो लाग्छ ।

यहाँका मन नपर्ने पक्ष ?
भीडभाड, धुँवाधुलो, ट्राफिक जाम र अव्यवस्थित पार्किङ मन पर्दैन ।

उपत्यकानजिकै कतै घुम्न जानुपर्यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
उपत्यकाभित्र त्यति घुम्ने ठाउँ देख्दिनँ । समय मिल्यो भने उपत्यकाबाहिर जान्छु ।

यहाँको मन पर्ने खानेकुरा के हो ?

नेवारी खाना मीठो लाग्छ ।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
सहर भन्दा पनि देशभित्रकै घान्द्रुक, बन्दीपुर र सुदूरपश्चिमका बजार घुम्न मन छ । समय अभावका कारण यी ठाउँ पुग्न पाएकी छैन ।