बर्षाको मारमा चलचित्र ‘संरक्षण’


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता निखिल उप्रेती र सौगात मल्ल अभिनित चलचित्र ‘संरक्षण’ ले चितवनमा गरिएको प्रिमियर शो र काठमाडौँमा गरिएको प्रेस शो बाट राम्रो प्रतिक्रिया पाउन सफल चलचित्रले सुरुको दिनमा सुखद ओपनिङको साथमा प्रशंसा पाएको थियो तर ‘संरक्षण’लाई निरन्तर भइरहेको वर्षाले प्रत्यक्ष असर पारेको छ । तराईका विभिन्न स्थानमा अत्यधिक मात्रामा भइरहेको वर्षाको कारण धेरै क्षेत्रहरू डुवानमा परेका छन् । डुवानकै कारण तराईका प्राय हलहरु बन्द रहेको निर्माण पक्षले जनाएको छ । काठमाडौँमा पनि बर्षाले चलचित्रको व्यापार लाइ असर पारेको छ । डुवानको कारण तराईका २१ स्थानहरुमा संरक्षण प्रदर्शन हुन सकेन ।

निर्माता प्रदिप उदयका अनुसार पूर्वका सबै शो हारुन स्थगित गरिएका छन् । तराई, मधेसको राजनीति परिवेशलाई चित्रण गरेको चलचित्र ‘संरक्षण’लाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन् । चलचित्रमा निखिल र सौगातको साथै कामेश्वर चौरसिया, प्रमोद अग्रहरी, अशिष्मा नकर्मी, मलिना जोशी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।