वर्षाले प्रेमी जितेनलाइ धोका दिए पछि….(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

विगत एक दशक भन्दा लामो समय देखि कलाकारिता क्षेत्रमा सक्रिय गायक, संगीतकार तथा अभिनेता जितेन तामाङ लामाको यत्ति खेर तिमी जून रैछौ बोलको गीतको भिडियो युटुबमार्फत् सार्वजनिक गरिएको छ ।

बर्षा शिवाकोटी, जितेन तामाङ लामा र सचिन थापाको अभिनय रहेको सो गीतमा जितेन स्वयम्को संगीत पनि रहेको छ भने निरलाल श्रेष्ठको रचना रहेको छ । गायक स्वरुपराज आचार्यको जादुमय स्वर रहेको सो गीतको भिडियोमा प्रेमिकाले छाडेर गया पछिको पिडा देखौन खोजिएको छ । सचिन थापाले निर्देशन गरेको भिडियोलाइ हिमाल जोशीले सम्पादन गरेका हुन् भने सचिन र ह्यारी महर्जनले छायांकन गरेका हुन् ।