वर्षा र अनुपको रोमान्टिक अबतार ‘जय शम्भु’ को गीत सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

अनुप विक्रम शाही र प्रशान्त ताम्राकार स्टारर चलचित्र ‘जय शम्भु’ को गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्बजनिक गरिएको हो । टंक बुढाथोकीको संगीतमा बनेको गीतमा चलचित्रका दुइ मुख्य कलाकार अनुप बिक्रम शाही र वर्षा शिवाकोटी लाइ फिचर गरिएको छ । महँगो सेट लगाएर छायांकन गरिएको भिडियो लाइ रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । गीतमा संगीतकार टंक लाइ गायिका अन्जु पन्तले स्वरमा साथ दिएकि छिन अमृता नेपालको शब्द रहेको छ ।

रुपेश तामाङ निर्देशित ‘जय शम्भु’ अनुप बिक्रम,प्रशान्त ताम्राकार,वर्षा शिवाकोटी,रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रमा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य रहेका छन् ।

काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको चलचित्र एक्सन लभस्टोरी जनराको चलचित्र हो । चलचित्र भदौ १ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ ।