‘बन्धन’ मार्फत पदमराज निर्माता बनेर नेपाली चलचित्र उद्योगमा


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली चलचित्रको बजार बिस्तार उकालो लाग्ने क्रममा रहेको छ । चलचित्र हेर्ने दर्शकको संख्या बढ्दै छ र चलचित्रमा काम गर्न चाहनेहरुको संख्या पनि बढ्दै छ । नेपाली चलचित्रमा लगानी गरेर नाम र दाम कमाउन चाहनेको संख्या पनि बढी नै रहेको छ। नयाँ चलचित्र बन्ने क्रम संगै नयाँ निर्माताहरुको प्रवेश पनि बढी रहेको छ । सबिन श्रेष्ठ स्टारर चलचित्र बन्धन प्रदर्शनको लागि तयार भएको छ ।
केहि समय विदेश बसाई पश्चात नेपाल फर्केका पदम राज बल पनि यसै चलचित्र मार्फत निर्माता बनेका छन् । समिर मियाँको निर्देशनमा बनेको चलचित्रमा सबिन श्रेष्ठ,पुर्णिमा लामा,प्रिन्स,प्रकाश श्रेष्ठको अभिनय रहेको छ । शिबम अधिकारीको कथा रहेको चलचित्रलाइ जय कुमार दर्लामीले छायांकन गरेका हुन् पदमराज संगै चलचित्रमा ज्ञान बहादुर योञ्जन,शिशिर जय खरेलको संयुक्त लगानी रहेको छ ।