‘बाँध मायाले’ आर्यन र सृष्टिको रोमान्स (फोटो फिचर)


सेलिब्रेटी नेपाल काठमाडौँ

असोज ५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘बाँध मायाले’को शिर्ष गीतको छायाँकन सकिएको छ । गीतको छायांकनको बेलाको तस्बीर सार्वजनिक गरिएको छ सार्बजनिक तस्बिरमा चलचित्रका मुख्य कलाकार आर्यन अधिकारीको अंगालोमा नायिका सृष्टि श्रेष्ठ बाँधिएकी छन् ।

सार्वजनिक तस्बीरमा आर्यन र सृष्टिको जोडी निकै सुहाएको छ । अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले तयार पारेको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । अर्को साता सार्बजनिक गरिने गीत अनुसार भिडियो राम्रो बनेको निर्देशक सबिर श्रेष्ठ बताउछन् ।

रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको चलचित्रमा बाबु श्रेष्ठको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन रहेको छ । चलचित्रमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको मुख्य अभिनय रहेको छ ।