बाहुबलीका भल्लालदेवको हलिउड यात्रा प्रारम्भ


सेलिब्रेटी नेपाल काठमाडौँ

बलिउड चलचित्र ‘बाहुबली’ मा आफ्नो भूमिकाका कारण दर्शकको मन जितेका अभिनेता राणा दग्गुबाती अब हलिउड यात्राको तयारीमा छन् । राणा दग्गुबाती ‘बाहुबली’ र ‘बाहुबली–२’ मा नकारात्मक भूमिकापछि दर्शकको मनमा स्थान बनाउन निकै सफल भएका छन् । यहाँसम्मकी अब उनको माग विदेशमा पनि छ । यसैबीच राणाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रोजेक्टको घोषणा गरेका छन् ।

राणाका अनुसार बेलायतको स्टुडियो ‘द लन्डन डिजिटल मुभी एन्ड टीभी स्टुडियोज’ ले उनलाई एसिया एम्बेसेडर बनाएको छ । यसपछि राणा दग्गुबातीले योसँगै एउटा फिल्म पनि साइन गरेका छन् । जीन्युजका अनुसार फिल्मको सुटिङ सन् २०१८ मा सुरु हुनेछ । एक अंग्रेजी अखबारका अनुसार यसको पुष्टि निर्माता भारती कोमन्नाले गरेकी छन् । यद्यपि अहिलेसम्म चलचित्रसँग जोडिएका थप जानकारी प्राप्त भएको छैन ।