‘बेबि आई लव यू’ ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘बेबि आई लव यू’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार प्रेस भेटघाट गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । नव-नायक सन्तोष खड्गी र नायिका पूजा तिवारी बीचको प्रेम, रोमान्स र विछोडले ट्रेलरमा स्थान पाएको छ ।

जनक पाण्डे निर्देशित चलचित्रमा अभिनेता सरोज खनाल, कलाकार निर्मल शर्मा राजु कमेडी,रेशम बुढाथोकीको अभिनय र चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुको पनि एउटा नृत्य रहेको छ । चलचित्रका सह-निर्माता सृजना परियार र दुर्गा पाण्डे हुन् ।

बिहिबारको पत्रकार सम्मेलनमा ‘कान्छी मायालु’ बोलको गीतमा कभर डान्स र गाउनेलाई पुरस्कृत पनि गरियो । बिटुडी डान्स ग्रुप र कभर गाउने प्रितम सेञ्चुरीलाई एक एक लाख बराबरको चेक कार्टुञ्ज क्रु का सरोज अधिकारी, आश्मा विश्वकर्मा तथा समुहले हस्तान्तरण गरेका हुन् । चलचित्र जेठ १८ गते देखि प्रदर्शनमा आउने छ ।