‘बाबु कान्छा’ अफिसियल फष्टलुक पोष्टर संगै प्रदर्शन मिति सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘बाबु कान्छा’ को अफिसियल फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ ।चलचित्रको पोष्टर सार्वजनिक संगै प्रदर्शन मिति पनि तय गरिएको छ । चलचित्र असार २९ गते बाट प्रदर्शनमा आउने भएको छ ।

चलचित्र ‘ए मेरो हजुर २’बाट निकै तारिफ पाएका सलोन बस्नेतको मुख्य भूमिका रहेको ‘बाबु कान्छा’ पोस्टरमा चलचित्रका मुख्य कलाकारहरुलाई नै स्थान दिइएको छ । शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’मा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संग्रौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।

संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको चलचित्रमा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ। चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी र ओम सुनारको संगीत रहेको छ ।