अस्ट्रेलियाको ताज्मनियमा हरितालिका तीज बिशेस कार्यक्रम


सेलिब्रेटी नेपाल अस्ट्रेलिया
नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा अस्ट्रेलियाको ताज्मनियमा तीज बिशेस सांस्कृतिक कार्यक्रम हुने भएको छ। यही अगस्ट ७ तारिखका दिन ताज्मनियमको हर्बट स्थित मूनह आर्ट सेन्टरमा हुने कार्यक्रममा चर्चित लोक गायिका सुनिता दुलाल आउने हरितालिका तीज २०७४ कार्यक्रम आयोजक मध्ये का एक कृष्ण सुवेदीले जानकारी गराए । यस तीज बिसेष सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार हरुको पनि बिसेष प्रस्तुति रहनेछ ।

सुनिता दुलाल, गायिका एबम टेलिभिजन प्रस्तोता हुन् । पछिल्लो समयमा निक्कै लोकप्रिय बन्दै गएकी लोक गायिका सुनिता दुलाल होकी होइन त सानु…. मेरै दिलमा निरमाया….भैगो अब…. जस्ता चर्चित लोक दोहोरी गाएर सबैको मनमा बस्न सफल भएकी छिन । ओल्लो घर पल्लो घर,तीजको दर,उनको लागि बर्त बसेको र यो सालको नयाँ गित दर खाने दिन जस्ता तीज गीतहरु बजारमा ल्याएर पनि उत्तिकै चर्चा कमाएकी छिन। गायनसँगै नेपाल टेलिभिजन र एनटिभी प्लसमा कार्यक्रम चलाउने गायिका दुलाल उत्कृस्ट उद्घोसकका रुपमा परिचित छिन भने सांगीतिक कार्यक्रममा पनि उत्तिकै व्यस्त छिन्। लोकदोहारीमा स्थापित भइसकेकी उनी नेपालका स्टेज कार्यक्रम देखि विदेशहरुमा पनि आफ्ना सुरिलो स्वरले दर्शक नचाउन पुग्ने गर्दछिन। गायिका दुलाल केही वर्षदेखि भिडियो जक्कीका रूपमा समेत उत्तिकै लोकप्रिय बनेकी छन्।

हर्ट (Hearth, pizza and small plates) र जेनेरेसन मिडिय एण्ड ईन्टरटेनमेटले प्रायोजन गर्ने हरितालिका तीज बिशेस कार्यक्रममा स्थानीय नृत्य पारखीहरूले पनि साथ दिने छन त्यसै गरि कार्यक्रम लाइ मेरिट सर्बिसले सह प्रायोजन गरेको छ।