अष्ट्रेलियाबाट चलचित्र ‘ऋतु’ बन्दै


केहि समय अघाडी अष्ट्रेलियाबाट गणेश केसीको लगानीमा ‘डेष्टिनेसन काठमाण्डु’ बनेको थियो भने स्वतन्त्र शाहको लगानीमा ‘फेसबुक’ बनेको थियो ।अष्ट्रेलियाबाट नेपाली चलचित्र निर्माण कार्य धमाधम हुन थालेको छ। पछिल्लोपटक एएलपी इन्टरनेन्मेन्टको लगानीमा नेपाली चलचित्र ‘ऋतु’ बनिरहेको छ । जसको निर्माणमा अमेरिकी कम्पनी ‘प्लानेट थ्री फिल्म्स’ र नेपालको अपिल बिष्ट फिल्मले संयुक्त गरेका छन् ।
सम्बृद्धिको प्यास बोकेका नेपालका युवा पुस्ताको संर्घष, हाँसो, रुवाई र सफलताका कथा समेटिएको चलचित्र ‘ऋतु’को ९० प्रतिशत सुटिङ सिड्नी र एडलेडमा हुने छ भने बाँकी १० प्रतिशत काठमाण्डौमा हुने छ । निर्माण पक्षले हालैमात्र फिल्मको पोष्टर सार्वजनिक गरेको छ ।मनोज अधिकारीले पहिलोपटक निर्देशन गर्न लागेको फिल्मको कथा सन्दीप बडालले लेखेका हुन् । बडाल काठमाण्डौंमा भएको फिल्म स्क्रिप्ट लेखन प्रतियोगितामा रनरअप भएका थिए । फिल्ममा चर्चित गजल गायक शिव परियार पप गायक सुदीप गिरीले संगीत दिनेछन भने अष्ट्रेलियामै रहेका साहित्यकार निष्प्रभ सजीले गीत लेखेका छन् ।चलचित्र सन् २०१३ को जाडोयाममा प्रर्दशन हुने जानकारी निर्माण पक्ष् ले गरायको छ।