ए सोल्टिनी पोस्टर र ट्रेलर सार्वजनीक


सेलिब्रेटी नेपाल काठमाडौँ

निमा लामा तामाङ निर्देशीत चलचित्र ‘ए सोल्टिनी’ को पोस्टर, गीत र ट्रेलर सार्बजनिक गरिएको छ । दिलकुमार घलान तामाङले निर्माण गरेको चलचित्र जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेको चलचित्रबारे पत्रकार सम्मलेन गरि जानकारी दिइएको हो । कार्यक्रममा निर्देशक निमा, निर्माता दिलकुमार, अभिनेता सबिन,अर्जुन, द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठ, ज्ञानबहादुरलगायतले संयुक्त रुपमा ए सोल्टिनीको पोस्टर सार्वजनीक गरेका थिए ।

काठमाडौ उपत्यका वरिपरि खिचीएको चलचित्रको प्रस्तुतकर्तामा पूर्णी तामाङ छिन् । बिश्वास भण्डारीले छायांकन तथा सम्पादन गरेको चलचित्रमा सोमलाल वाइबा र बिनय केटुको संगीत रहेको छ । राज गोलेले द्धन्द्ध निर्देशन गरेको चलचित्रको कोरियोग्राफी अभि लामाले गरेका हुन् ।