अशोकको पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

निकै भाईरल भयका बाल गायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ सार्वजनिक गरिएको छ। पुतलीसडकस्थित ‘स्टुडियो नाइन’मा एक कार्यक्रम गर्दै उक्त गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको हो।

गीत रिलिज गर्न बालगायक प्लेन चढेर झापाबाट काठमाडौँ आएका थिए। गीतमा बिराज नेपालको शब्द रहेको छ भने संगीत गायक तथा संगीतकार टंक बुढाथोकीको रहेको छ। म्युजिक भिडियोमा दर्जी आफैले अभिनय गरेका छन् । भुपेन्द्र तुम्बाहाम्फेले खिचेको भिडियोको सम्पादन तथा निर्देशन टंक बुढाथोकीले नै गरेका हुन् भने कलर ग्रेडिंगको काम नबिन निरौलाले गरेका हुन् ।