अस्मिताको मेरो बाबा सार्वजनिक(भिडियो)


सेलिब्रेटी नेपाल
काठमाडौं ।


व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द समावेश नयाँ गीत सार्वजनिक गरिएको छ। आइतबार बुबाको मुख हेर्ने दिनको अवसरमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै मेरो बाबा बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा विश्व नेपालीको स्वर तथा संगीत रहेको छ।

अस्मिताले यस गीत आफ्नो बाबालाई समर्पित गरेर लेखेको बताइन्। उनले भनिन्, बाबा आमा विना आफ्नो अस्तित्व हुदैन्। यदि उहाँहरुले जन्म नदिनुभएको भए म यो स्थितीमा हुने थिएन्। त्यहीँ बाबा आमाको प्रेमलाई देखेर उहाँलाई समर्पित गर्दै यस गीत लेखेकी हुँ। उनी आमाको स्वर्गाहोरण पछि बाबाले आमा(बाबा दुबैको माया दिनुभएको बाबालाई यस गीत उपहार दिएको बाउँछिन्।

युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा पुरना अभिनेता शिव श्रेष्ठ र हर्षिका श्रेष्ठको अभिनय रहेको छ। भिडियोमा एन्जल गुप्ता र दिपेन गौतमको पनि अभिनय देख्न सकिन्छ। भिडियो केही सन्देशमुलक पनि बनाइएको निर्देशक वाइवा बताउँछन्। भिडियोलाई उत्सव दाहालले छायांकन तथा निशान घिमिरेले सम्पादन गरेका छन्।