अभिनेत्री अशिष्मा नकर्मी बिबाह बन्धनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र‘अन्तराल’बाट नेपाली चलचित्रमा अभिनयको थालनी गरेकी अभिनेत्री अशिष्मा नकर्मी बिबाह बन्धनमा बाधिएकी छिन । ‘तोरी लाउरे’,‘अर्धकट्टी’,‘लभ यु बाबा’,‘बाटो मुनिको फुल २’ ‘मेला’, ‘संरक्षण’, ‘राधे’जस्ता चलचित्रमा अभिनय गरिसकेकी नकर्मीले सोमबार बानेश्वरका नविन प्रधानसँग लगनगाँठो कसिन ।

चार्टर्ड अकाउन्टेन नविन अमेरिकामा बस्छन । मिडियामा प्रेम सम्वन्धका कुराहरु त्यति नआएपनि अशिष्माले सबैलाई सरप्राइज दिदै विवाह गरिन् । स्रोतका अनुसार अशिष्माको यो मागी विवाह हो । नविनसँग चिनजान भएको १ सातामै अशिष्माले लगनगाँठो कसेकी हुन् ।