अर्पण र ऋचाको ‘चक्कर’ के का लागि ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अनुष्क रौनियार निर्देशित चलचित्र ‘चक्कर’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्बजनिक गरिएको हो ट्रेलरमा सेक्स र क्राइमले बढी स्थान पाएको छ । चलचित्रका मुख्य अभिनेता अर्पण थापाले आफ्नो अनुहारमा ब्यान्डेज लगाएका छन् भने अभिनेत्री ऋचा शर्मा प्रहरी अफिसर्सको भूमिकामा देखिएकी छिन् ।

नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्स हाउस प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा निर्देशक अनुष्कले बेडरुम ड्रामा, क्राइम तथा सस्पेन्स थ्रिलर जनरामा चलचित्र बनेको बताए । चलचित्रमा अर्पण,ऋचाका अलावा,अभों राज उप्रेती, सृजना सुब्बा,भोलाराज सापकोटा,स्मृति पोखरेलको मुख्य भूमिका रहेको छ । कथा, पटकथा र संवाद पनि निर्देशक अनुष्कको नै रहेको चलचित्र साउन ४ गते बाट प्रदर्शनमा आउने छ । रविन आचार्यको निर्माण तथा छायांकनमा तयार चलचित्रमा संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको रहेको छ ।