अनुष्काले जितिन् ‘मिस सी चितवन’ को ताज


सेलिब्रेटी नेपाल काठमाडौँ

विभिन्न सामाजिक काममा पाईला अघि बढाउँदै आएको संस्था ‘लिभ एण्ड लिड ईन्टरनेशनल’को तर्फबाट पहिलो पटक आयोजना भएको ‘मिस सी चितवन’को ताज अनुष्का रानाभाटले जितेकी छिन् । अन्तिम प्रतिस्पर्धामा २८ जना प्रतियोगीलाई पछि पार्दै १६ बर्षिय अनुष्का ‘मिस सी चितवन’को पहिलो विजेता बन्न सफल भएकी हुन् ।

अनुष्कालाई पछिल्लो संस्करणको मिस चितवन विजेता सुमन गुरुङले ताज पहिराएकी थिईन् । विजेता अनुष्काले एक बर्षको लागी आयोजक संस्थाको ब्राण्ड बन्दै २० हजार नगद, अक्सफोर्ड कलेजमा उच्च शिक्षाको लागी १ बर्षे छात्रवृद्धिसँगै ट्रफी र प्रमाणपत्र हात पारिन् ।

यस्तै पहिलो रनरअप भुमिका आचार्य घोषित हुँदा दोश्रो रनरअप सुजना ढकाल बनिन् । पहिलो र दोश्रो रनरअपले क्रमशः १५ हजार र १० हजार पुपैयाँसँगै अक्सफोर्ड कलेजमा ९ महिना र ६ महिनाको छात्रवृद्धि तथा ट्रफी र प्रमाणपत्र हात पारे । त्यस्तै तेश्रो रनरअप श्वेता अर्याल बनिन् भने चौथो रनरअप करिना श्रेष्ठ बनिन् ।