अनुराग गीत सार्बजनिक ! धमला पत्नी एलिजाको डिस्कोमा मस्ती (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘अनुराग’को पहिलो गीत सार्वजनिक गरिएको छ । ऋषि धमला र उनकी पत्नी एलिजा गौतमको कारण चर्चामा रहेको चलचित्रको ‘कान्छा दाई गाना बजाईदेउ…’ बोलको डान्सिङ नम्बरमा एलिजा गौतम र कार्टुन क्रुजका सरोज अधिकारी फिचरिङ छन् । ताराप्रकाश लिम्बुद्वारा संगीतवद्द गीतमा ममता गुरुङको शब्द, ताराप्रकाश/ममताकै स्वर र विक्रम स्वारको कोरियोग्राफी छ । सत्यराज चौलागाई निर्देशित चलचित्र जेठ ११ गते बाट प्रदर्शनमा आउने छ ।

चलचित्रमा एलिजाका अलावा समुन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

ऋषिराज धमला प्रस्तुतकर्ता रहेको ‘अनुराग’का निर्माता भरत गौतम र गीता भेटवाल हुन् । किरण दाहालको कथा रहको चलचित्रमा सत्यराज/आगत केसीको पटकथा/संवाद, रामकुमार केसीको छायाँकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।