अनुको स्वार्थमा सिताराम परे पछि….. (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक सिताराम पोखरेलले नयाँ गीत सार्वजनीक गरेका छन् । स्वार्थ तिम्रो रहुञ्जेल बोलको सो गीतको भिडियो राजधानीमा सोमबार एक कार्यक्रम आयोजना गर्दै सार्बजनिक गरिएको हो । रमेश अधिकारीले लेखेको शब्दमा करणराज कार्कीको संगीत रहेको छ । अहिलेसम्म एक सय पचास भन्दा बढी गीत गाइसकेका सितारामको स्वार्थ तिम्रो रहुञ्जेल १७ औं भिडियो हो । आफ्ना म्युजीक भिडियोमा सधै चर्चित हिरोइनलाई अभिनय गराउदै आएका सितारामको यो भिडियोमा भने अनु शाह धोकेबाज पत्नीको भूमिकामा छिन् । जनकदीप पराजुलीको निर्देशनमा बनेको भिडियो फिल्मी पाराको छ ।

पत्नीले धोका दिएपछि उत्पन्न हुने परिस्थितिलाई प्रस्तुत गरिएको भिडियोमा अनुका साथमा गायक सिताराम आफै, सुवास पराजुली,अर्जुन गौतम, बालकलाकार प्रिन्स तिवारीलगायतले अभिनय गरेका छन् । झण्डै सात मिनेट लामो भिडियोले कुनै एक्शन लभस्टोरी फिल्म हेरेझै भान गराउछ ।

निर्देशक पराजुलीले केही फरक गर्ने सोचका कारण गीतको भावअनुसार कथा बुनीएको बताए । भिडियोमा गायक सिताराम आर्मी कमान्डरको भूमिकामा छन् । अर्जुन तिवारीले खिचेको भिडियोमा एक्शन र भिएफएक्स पनि समाबेश छ । रोशन श्रेष्ठले द्धन्द्ध निर्देशन गरेका हुन् ।