अनुको प्रेममा गोरे दिलिप (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

यहि मंसिर २९ बाट प्रर्दशनमा आउने चलचित्र गोरेका २ गीत एकसाथ रिलिज गरिएको छ । गोरेको शिर्ष गीत र रोमान्टिक गीत सार्वजनिक गरिएको हो । चलचित्रको शिर्ष गीतमा दिलिप रायमाझि एक गाउँले भेषमा देखिएका छन् भने अर्को गीतमा अनु संग रोमान्टिक मुडमा देखिएका छन् ।

चलचित्र गोरेको शिर्ष गीत गोरे गोरे बोलको गीतमा बिकाश चौधरीको संगीत , रन्जीत कुमार सहनीको आवाज र शंकर अधिकारी घायलको शव्द रहेको छ भने अर्को रोमान्टिक गीतमा बिकाश चौधरी र जुना प्रसाइको श्वर , शंकर अधिकारी घायलको शव्द एव बिकाश चौधरीकै संगीत रहेको छ । चलचित्र गोरेका यी गीत लाइ रबि कार्कि र राम बुढाथोकिले कोरियोग्राफि गरेका हुन् भने छायांकन हरिनारायण चौधरीले गरेका हुन् । रमेश कुमार राइको निर्देशन एव सुर्य जिसिको निर्माणमा तयार चलचित्र गोरेमा दिलिप र अनुको साथमा राकेश कुमार राइको मुख्य भुमिका रहेको छ ।