अन्तर्राष्ट्रिय नाटक महोत्सव सकियो


सेलेब्रिटी नेपाल मंसिर २२ – तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सव बिहीबार समापन भएको छ ।छिमेकी मुलुक भारतको भोपालमा ३० वर्षअघि भएको औद्योगिक विस्फोटको कथा बोकेको नाटक ‘भोपाल’ को मञ्चनसँगै औपचारिक रुपमा समापन भयको हो । आरोहण गुरुकुलको आयोजना र मण्डला थिएटरको सह-आयोजना रहेको महोत्सवको समापन नाटक अमेरिकी रंगकर्मी जोअना सेरमानले निर्देशन गरेकी हुन् ।दुई साता लामो महोत्सवमा हरेक दिन दुई शो नयाँ नाटक देखाइएको थियो । अनामनगरस्थित मण्डला थिएटरमा नियमित मञ्चन गरेपछि समापनचाहिँ बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा गरिएको थियो । महोत्सव क्रममा भारत, बंलादेश, रुस, अमेरिका, नर्वे, फ्रान्स ,स्टुनिया लगायत विभिन्न मुलुकका १३ वटा नाटक मञ्चन गरिएको थियो । उद्घाटन नाटकको रूपमा आरोहण गुरुकुलको पुरानै नाटक ‘मायादेवीको सपना’ देखाउने भनिए तापनि प्राविधिक कारण बताउँदै त्यसको सट्टामा मण्डला थिएटरको नयाँ नाटक ‘सुनकेशरी’ देखाइएको थियो ।