अनमोल,प्रदिप,पल,पुष्पल र दयाको कम्पिटिसन कसले जित्नेछन् ?


सेलिब्रेटी नेपाल काठमाडौँ

यहि बैशाख १३ गते राजधानीको हायात होटलमा हुन गइरहेको ‘छैठौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’का लागि नोमिनेशन सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलन गर्दै उत्कृष्ट ५ को नाम सार्वजनिक गरियो । अवार्ड विभिन्न २३ विधामा वितरण गर्न लागिएको हो । १६ विधा बाट शुरु भएको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ यो बर्ष देखि कूल २३ विधामा प्रदान गरिनेछन् । २०७१ सालमा चार, गतबर्ष एक र यसबर्ष २ विधा थप गरिएको छ । यस पुरस्कारमा पुरस्कृत हुनेहरु सम्मानपत्र र ट्रफीका साथ सम्मानित हुनेछन । वरिष्ठ निर्देशक तथा लेखक लक्ष्मीनाथ शर्माको सम्मानमा ‘लक्ष्मीनाथ’ सर्वोत्कृष्ट कथा र सम्बाद राष्ट्रिय चलचित्र पुरस्कार र वरिष्ठ गीतकार किरण खरेलको सम्मानमा ‘किरण’ सर्वोत्कृष्ट गीतकार, राष्ट्रिय चलचित्र पुरस्कार को अवार्ड यस बर्ष देखि प्रदान गरिनेछ ।

कुल २३ विधामा अवार्ड प्रदान गरीने भए पनि २० विधाका लागि संयोजकसहित ३ सदस्य रहेको निर्णायक समितिबाट मूल्यांकन गरी वर्षभरि प्रदर्शित चलचित्रहरूबाट उत्कृष्ट मनोनयन (पाँच), सर्जक (प्राविधिज्ञ तथा कलाकार) को नाम सार्वजनिक गरिएको छ । अवार्डलाई निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि २५ वर्ष भन्दा लामो समयदेखि चलचित्रकर्ममा रहदै आएका चलचित्रकर्मीहरु निर्णायकको रुपमा रहेका छन् । वरिष्ठ संगीतकर्मी शुभबहादुर सुनाम संयोजक रहेको निर्णायक मण्डलमा वरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठ, वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप उपाध्यााय र चैत्यदेवि सिंह सदस्य छन् ।

नोमिनेशनको पूर्ण सूची यस्तो छः

हिरा सर्वोत्कृष्ट चलचित्र

१. छक्का पन्जा २

२. भूइमान्छे

३. प्रेमगीत २

४. शत्रुगते

५. लिलिबिली

प्रकाश सर्वोत्कृष्ट निर्देशक

१. छक्का पन्जा २ः दीपाश्री निरौला

२. भूइमान्छेः नवराज वुढाथोकी

३. प्रेमगीत २ः रामशरण पाठक

४. शत्रुगतेः प्रदिप भट्टराई

५. लिलिबिलीः मिलन चाम्स

शिव सर्वोत्कृष्ट अभिनेता

१. प्रदिप खड्काः लिलिबिली

२. दयाहाङ राईः तान्द्रो

३. अनमोल केसीः कृ

४. पल शाहः म यस्तो गीत गाउँछु

५. पुष्पल खड्काः मंगलम

भूवन सर्वोत्कृष्ट अभिनेत्री

१. साम्राज्ञी राज्यलक्ष्मी शाहः ए मेरो हजुर २

२. निता ढुंगानाः पंचायत

३. शिल्पा पोख्रेलः मंगमल

४. केकी अधिकारीः घामपानी

५. वेनिशा हमालः ब्लाइन्ड रक्स

नीर सर्वोत्कृष्ट सह–अभिनेता

१.अनुपविक्रम शाहीः कृ

२. प्रशान्त ताम्राकारः ऐश्वर्य

३. सलोन बस्नेतः ए मेरो हजुर २

४. अंकित खड्काः घामपानी

५. नाजिर हुसेनः तिमी सँग

बसुन्धरा सर्वोत्कृष्ट सह–अभिनेत्री

१. केकी अधिकारीः ऐश्वर्या

२. गौरी मल्लः ब्लाइन्ड रक्स

३. मिथिला शर्माः मंगलम

४. प्रियंका कार्की

५. माला लिम्बुः पर्व

विश्व सर्वोत्कृष्ट नव–अभिनेता

१. आशिरमान देशराज जोशीः ग्याङस्टार ब्लूज

२. सलिनमान बनियाँः ए मेरो हजुर २

३. स्वरुपपुरुष ढकालः छक्का पन्जा २

४. अनुपम शर्माः ग्याङस्टार ब्लूज

५. साहरुखक ताम्राकारः रानी

चैत्य सर्वोत्कृष्ट नव–अभिनेत्री

१. लिलिबिलीः जसिता गुरुङ

२. कृः अदिती वुढाथोकी

३. भूइमान्छेः सिपोरा गुरुङ

४. ऐश्वर्यः दीपिका प्रसाई

५. रुद्रः सारा सिर्पाली

गोपालराज सर्वोत्कृष्ट हाँस्य कलाकार

१. राजाराम पौडेलः म यस्तो गीत गाउँछु

२. केदार घिमिरेः छक्का पन्जा २

३. शिवहरि पौडेलः सत्रु गते

४. वुद्धि तामाङः २ रुपैयाँ

५. वुद्धि तामाङः छक्का पन्जा २

चेतन सर्वोत्कृष्ट लेखन

१. छक्का पन्जा २ः दीपकराज गिरी

२. सत्रु गतेः दीपकराज गिरी र प्रदिप भट्टराई

३. लिलिबिलीः प्रदिप भारद्धाज

४. २ रुपैयाँः आशिफ शाह र आशीष रेग्मी

५. मिस्टर झोलेः रामबाबु गुरुङ

लक्ष्मीनाथ सर्वोत्कृष्ट कथा र संवाद

१. छक्का पन्जा २ः दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र अभिमन्यू निरबी

२. सत्रु गतेः हरिवंश आचार्य र प्रदिप भट्टराई

३. घामपानीः दीपेन्द्र लामा

४. प्रेमगीत २ः रामशरण पाठक

५. मिस्टर झोलेः रामबाबु गुरुङ

मञ्जु सर्वोत्कृष्ट छायांकार

१. लिलिबिलीः सुदिप बराल

२. पर्वः राजेश श्रेष्ठ

३. भूइमान्छेः विदुर पाण्डे ‘नविन’

४. देश खोज्दै जाँदाः संजय लामा

५. ग्याङस्टार ब्लूजः शैलेन्द्र डी कार्की

तुलसी सर्वोत्कृष्ट सम्पादक

१. कृः सुरेन्द्र पौडेल

२. प्रेमगीत २ः बनिष शाह र भूपेन्द्र अधिकारी

३. सत्रु गतेः मित्र डी गुरुङ

४. छक्का पन्जा २ः विपिन मल्ल

५. लिलिबिलीः अर्जुन जीसी

शम्भुजित सर्वोत्कृष्ट संगीतकार

१. अर्जुन पोखरेलः तिमी रोएको पल(ऐश्वर्य)

२. कल्याण सिंहः कसम हो कसम(ए मेरो हजुर २)

३. २ रुपैयाँः कुटुमा कुटु(राजनराज सिवाकोटी)

४. कालिप्रसाद बास्कोटाः अजम्बरी(ग्याङस्टार ब्लूज)

५. दीपक शर्माः पर्ख पर्ख मायालु(मंगलम)

किरण सर्वोत्कृष्ट गीतकार

१. ऐश्वर्यः तिमी रोएको पल(अर्जुन पोखरेल)

२. ए मेरो हजुरः कसम हो कसम(डाक्टर कृष्णहरि बराल)

३. तिमी सँगः लडे लडे(नरेश भट्टराई)

४. म यस्तो गीत गाउँछुः किन आजकल तिम्रो मन(अम्बिका शर्मा)

५. भूइमान्छेः जिन्दगी एउटा गीत हो(दयाराम पाण्डे)

उदित सर्वोत्कृष्ट पाश्र्व गायन

१. अन्जु पन्तः तिमी रोएको पल(ऐश्वर्य)

२. सुगम पोखरेलः तिमी रोएको पल(ऐश्वर्य)

३. राजनराज सिवाकोटीः कुटुमा कुटु(२ रुपैयाँ)

४. सुगम पोखरेलः कसम हो कसम(ए मेरो हजुर २)

५. इन्दिरा जोशीः मोटरसाइकलमा(प्रेमगीत २)

वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक

१. कविराज गहतराजः कुटुमा कुटु(२ रुपैयाँ)

२. कविराज गहतराजः रुपै मोहनी(सत्रु गते)

३. मिलन चाम्सः उड्यो मन(ब्लाइन्ड रक्स)

४. रेनशा राईः यति यति पानी(ब्लाइन्ड रक्स)

५. कविराज गहतराजः पर्ख पर्ख मायालु(मंगमल)

भुटानी सर्वोत्कृष्ट द्धन्द्ध निर्देशन

१. चन्द्र पन्तः कृ

२. अष्ट महर्जनः भूइमान्छे

३. हिमाल केसीः पीजडा ब्याक अगेन

४. हिमाल केसीः संरक्षण

५. हिमाल केसीः ऐश्वर्य

प्रदिप सर्वोत्कृष्ट ध्वनी मुद्रण

१. मुकेश शाहः मंगलम

२. मुकेश शाहः लिलिबिली

३. अमित श्रेष्ठः सत्रु गते

४. अमित श्रेष्ठः सत्रु गते

५. उत्तम न्यौपानेः पर्व

शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत

१. एलिस कार्कीः लिलिबिली

२. टीसुजिल कर्मचार्यः सत्रु गते

३. टीसुजिल कर्मचार्यः पर्व

४. एलिस कार्कीः मंगमल

५. साहास शाक्यः तिमी सँग