अनसनमा थपिए एम.एस अग्रज सचिवालय समिति समेत गठन



सेलेब्रिटी नेपाल पौष ३-चलचित्र क्षेत्र सुधारका लागि नौ बुँदे माग सहित आमरण अनसनमा उत्रिएका निर्देशक समाजका अध्यक्ष विमल पौडेललाई चलचित्र क्षेत्रसंग सम्बन्धीत सम्पूर्ण संघसस्थाले समर्थन गरेका छन् । निर्देशक समाजका सचिव एम.एस अग्रजले पनि आमरण अनसन सुरु गरेका छन् ।उनले गय राती बाट विमल पौडेललाई साथ दिंदै अनसन सुरु गरेका हुन् उनले यो आन्दोलनलाई सफल पार्न आफूले अनसन सुरु गरेको पत्रकार सम्मेलनमा बताए । उनले माग पुरा नहुन्जेल सम्मका लागि यो आन्दोलनमा आफ्नो ऐक्यबद्धता रहने बताएका छन् भने अध्यक्ष पौडेलले आफ्नो एकल प्रयासबाट सुरु गरेको आफ्नो आन्दोलनमा पाएको सर्वत्र समर्थनले हौसला बढेको बताएका छन् ।अनसनको दोस्रो दिन आज प्रेस मिट गरी बरिष्ठ फिल्मकर्मी नीर शाहको संयोजक्त्वमा १६ सदस्य राष्ट्रिय चलचित्र उद्योग बचाऊ अभियान सचिवालय समिति समेत गठन गरिएको छ । यो सचिवालयले उठाईएको मागहरुको बिषयमा सरकारसंग बार्ता गर्ने र नयाँ आन्दोलनको रणनीति बुन्ने छ ।
१६ सदस्यीय समितीमा निर्माता संघका अध्यक्ष राजकुमार राई, छायांकार राजु केसी, चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरी, द्वन्द्व निर्देशक समाजका अध्यक्ष योगेन्द्र श्रेष्ठ लगायतका छन् । यो समितीले सरकारले बार्तामा बोलाएको खण्डमा बार्ता गर्ने र विभिन्न प्राविधिक कामहरु गर्ने छ । अनशन स्थलमै पत्रकार सम्मेलनको आयोजना गरि अनशनमा बसेका दुई निर्देशकले माग सम्वोधन नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । निर्देशक पौडेलले भने, ‘नेपाली सिनेमाको संरक्षण गर्नका लागि अनशनमा बसेको बताए ।