अनमोल र प्रदिप पछि बडीगार्डको पालो ‘ह्याप्पी न्यू इयर’ नायकको


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्रका एकपछी अर्को नायकले बडीगार्ड राख्ने प्रचलन पछयाईरहेका छन् । नायक अनमोल केसीबाट सुरु भएको बडीगार्ड राख्ने प्रचलन प्रदीप खड्काले पनि फ्लो गरे । यसैबिच बडीगार्ड सहित प्रस्तुत हुनेमा अर्को एक नायक पनि थपिएका छन् । उनि हुन् नेपाली चलचित्र ‘ह्याप्पी न्यू इयर’का नायक कुशल थापा ।

नायक कुशल शुक्रबार पोखरामा भएको कन्सर्टमा ६ जना बडीगार्ड सहित प्रस्तुत भए । कन्सर्ट हेर्न १ हजार बढी दर्शक पोखराको सभागृह पुगेका थिए । नजिकिँदो क्रिसमस डे र नयाँ वर्षलाई लक्षित गर्दै चलचित्रको प्रसार प्रसारलाई व्यापक बनाउने उद्देश्यले पोखरामा निर्माण यूनिटले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा गायक बिनोद ढकालले थुप्रै दर्शकलाई गीत गाएर मनोरञ्जन दिए ।

कार्यक्रममा बोल्दै नायक कुशलले त्रिकोणात्मक प्रेमकथामा चलचित्र बनेको बताउँदै आफू लभर व्वाईको भूमिकामा देखिएको बताए । पोखरामा भएको कन्सर्टमा डेभिड खड्काले ग्लास ब्रेकर डान्स गरे । झण्डै १ सय ट्युवलाईट उनले आफ्नो शरिरमा फुटाए । चुनौतीपूर्ण यो डान्स गरिरहँदा उनको शरीर ट्युवलाइटले काटेर रक्ताम्य भयो । सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको यो चलचित्र यही पौष १४ गतेबाट प्रदर्शनमा आउँदैछ । देवकुमार श्रेष्ठ निर्देशित चलचित्रमा कुशल थापा, सन्ध्या केसी र पुकार गौतम मुख्य भूमिकामा छन् ।