अनमोल र अदितिको स्कटल्याण्डमा गरिएको रोमान्स भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

आउँदो शुक्रबार सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘कृ’मा समाबेश जानी नजानी बोलको गीत भिडियो सार्बजनिक गरिएको छ राजधानीमा एक औपचारिक कार्यक्रम गरेर भिडियो सार्बजनिक गरिएको हो गीत सार्वजनिक कार्यक्रममा नायक अनमोल के.सी. र नायिका वुढाथोकी उपस्थित थिए । सार्बजनिक गीतमा अनमोल र अदिती रोमान्टिक अबतारमा देखिएका छन् ।

स्कटल्याण्डमा खिचिएको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । सार्बजनिक गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत रहेको छ । गीतको भिडियोमा विक्रम लामा र एन्जिलिना खत्रीको कोरियोग्राफी रहेको छ ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता ब्यानर द सुपर काजोल फिल्मस् हो । सुवास गिरी र भूवन केसीले यो चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् । चलचित्रको यो गीतको भिडियोमा स्कटल्याण्डको लोकेशनसँगै अनमोल र अदितीको केमेष्ट्री पनि गज्जबको देखाइएको छ ।