अमिताभले सलमानसँग काम गर्न मानेनन्


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

सलमान खानको आगामी फिल्म ‘रेस–३’ मा बलिउडका अभिनेता अमिताभ बच्चनले काम गर्न अस्विकार गरेका छन् । अभिताभले फिल्ममा काम गर्नका लागि निर्देशक रेमा डिसुजाले राखेको प्रस्ताव अस्विकार गरेका हुन् ।

‘रेस ३’ सैफ अली खानको फिल्म ‘रेस’को तेस्रो सिक्वेल हो । फिल्ममा सलमान खान र ज्याकलिन फर्नान्डिज मुख्य भूमिकामा देखिनेछन् । यो फिल्ममा सलमानले पनि केही प्रतिशत लगानी गर्ने बताइएको छ । अमिताभ बच्चन आफ्नो आगामी फिल्म ‘झुन्ड’को सुटिङमा व्यस्त रहेका कारण उनले ‘रेस–३’ अस्विकार गरेको बलिउड लाइफले जनाएको छ । अमिताभको फिल्म ‘झुण्ड’ को सुटिङ अक्टोबर र नोभेम्बरको महिना हुने बताइएको छ । त्यही समय ‘रेस–३’ को पनि सुटिङ हुनेछ ।