आमिर खान र प्रभास एउटै फिल्ममा, फिल्म अहिले सम्मको सबै भन्दा महँगो


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउडका मिस्टर परफेक्सनिष्ट आमिर खान र बाहुबली स्टार प्रभास एउटै फिल्ममा हुने भएका छन् । आमिर खानले बनाउन लागेको बलिउडकै सबैभन्दा ठूलो बजेटको फिल्म ‘महाभारत’को लागि प्रभासलाई अफर गरिएको छ । यो फिल्मको लागि रिलायन्स इन्टरटेनमेन्टका मालिक मुकेश अम्बानीले १ हजार करोडको लगानी गर्नेछन् । यो फिल्म ३ भागमा बन्ने बताइएको छ ।

पछिल्लो जानकारीअनुसार आमिरले फिल्मको लागि प्रभासलाई अफर गरेका छन् । आमिर चाहन्छन् कि यो फिल्मलाई बाहुबलीका निर्देशक एसएस राजामौलीले नै निर्देशन गरुन् । राजामौलीले स्वयं महाभारतमा आधारित एक फिल्म बनाउने इच्छा जाहेर गरेका थिए । बलिउडमा चर्चा छ कि यो फिल्ममा दीपिका पादुकोणले द्रौपदीको भूमिका निभाउनेछिन् । आमिर स्वयंले यसमा कृष्णको भूमिका निभाउन सक्छन् । यसलाई हलिउड फिल्म ‘लर्ड अफ द रिङ्स’ र ‘गेम अफ थ्रोन्स’जस्तै गरी बनाइनेछ । यसका लगि १० देखि १५ वर्षको समय लाग्ने बताइएको छ ।