अमेरिकामा गायक सुमनले गिनिज बुक मा नाम लेखाए


सेलेब्रिटी नेपाल २०६९ आश्विन २४, बुधवार
– न्युयोर्क शहरमा गायक सुमन बुढामगरले सुमन इन्टरटेन्टमेन्ट एल एल सीको आयोजनामा भब्य सुमन सुमधुर साँझ सम्पन्न गरेको छ। बहु चर्चित गायक सुमन बुढाले अमेरिकाको ब्यस्त शहरमा बसेर पनि एकै पटक ४ वटा गीति एल्बमहरु बजारमा ल्यायर बिस्व किर्तिमान कायम गरि गिनिज बुक मा आफ्नो नाम लेखाउन सफल भएका छन् । सुमन का गीति एल्बमहरु न्युयोर्कको सिटि कन्ट्रोलर जोन सी लिउले ‘परदेशको कोसेली’ , नेपाली संगीतको धरोहर संगीतकार तथा गायक अम्बर गुरुंगले ‘संगीत’, बिस्व प्रख्यात गायक माइकल ज्याक्सनको भतिजी टान्य ज्याक्सनले ‘हिट्स अफ सुमन’, नसियका निबर्तमान अध्यक्ष राजा घलेले कौरा, सालैजो , र नेपाल अमेरिका पत्रकार संघको अध्यक्ष आंग छिरिंग शेर्पाले बिमोचन गरेका थिए। कार्यक्रममा अमेरिकाको बिशेष व्यक्तित्वहरुको उपस्थिति थियो मिस नेपाल यू एस ए अस्था श्रेष्ठ , लामा अवतारी देखि हिमाल चड्ने प्रबतरोही न्यु योर्कको संघ सस्थाका अध्यक्ष बुद्दी जीबी समाजसेबी कलाकार , खेलाडी सबैको उपस्थिति र न्युयोर्क बासीको बाक्लो उपस्थितिले सिक्युरिटी गार्डलाई समाल्न हम्मे हम्मे परेको थियो कार्यक्रम हुनु ३ हप्ता अगाडी नै टिकेट हलको क्षमता भन्दा दोब्बर बिक्रि भएकोले आयोजक सस्था सुमन इन्टरटेन्टमेन्ट एल एल सीले दर्शक हरुको समस्यालाई मध्यनजर राखी ७ वटा अनलाइन बाट प्रत्यक्ष प्रसारण गरेको थियो ।