आयो शहरबाट अमेरिका बोइज ‘अमेरिका बोइज’ टाईटल गीत सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

अमेरिका बोइजको टाईटल गीत ‘आयो शहरबाट अमेरिका बोइज’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द,संगीत तथा स्वर दिपक राजको रहेको छ भने गीतलाई रिकेश गुरुङ्गले एरेन्ज गरेका हुन् । गीत रिलिज भएसँगै कभर सङ प्रतियोगिता पनि निर्माण टिमले आयोजना गरेको छ । कभर संग बिजेताले रु पचास हजार नगद सहित आकर्सक पुरस्कार जित्नेछन । प्रवेश पौडेल निर्देशित यस चलचित्रमा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरसिया,अभय बराल, आशिष प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय रहेको छ। ‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलको लगानी रहेको छ ।

समिर खरेल कार्यकारी निर्माता रहेको चलचित्रमा अनुप थापा, यमुना खरेल र राज के.सी सह-निर्माताको रुपमा रहेका छन् । विवेक पण्डेको कथा, पटकथा र संबाद रहेको चलचित्रमा दिपक आरजे र जयन जे वाईवाको संगीत, सुनिल क्षेत्री नेपाली ठिटोजको नृत्य निर्देशन, सम्राट बस्नेतको द्धन्द निर्देशन रहेको छ । आलोक शुक्लाले खिचेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।