एल्जिनालाई देखेपछि लोभियो रोहितको मन (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका मेलिना राई र गायक दीपक विकको स्वरमा रहेको लोक पप गीत ‘ब्यूटी मान्छेलाई…’ इन्टरनेट रिलिज भएको छ । प्रशान्त पौडेलको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मोडल रोहित बस्नेत र एल्जिना मगर फिचर्ड छन् । भिडियोमा यो कपलको केमेस्ट्री सुहाएको छ । किरात विन्द्र राईको एक्सन-कटमा तयार भएको भिडियोलाई विरेन्द्र भट्टले खिचेका हुन् । अनिल रानाले भिडियोको सम्पादन गरेका हुन् ।