मोडल एलिसा र विनोद सचिनको ‘मापसे’ मा परेपछि… (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक सचिन राईको ‘मापसे पढे लेखे नेपालमा काम छैन’ बोल रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । नेपालमा लेखपढ भएका बेरोजगार युवाहरुको गुनासो सरकार समक्ष देखाउन खोजिएको छ । गीतमार्फत वेराजगार युवालाई रोजगार दिलाऔँ, नत्र नेपालमा युवाहरु नराम्रो बाटोतिर लाग्नेछन् भन्ने सन्देश गीतमा छ ।

भिडियोमा मोडल एलिसा राई र विनोद न्यौपानेको अभिनय रहेको छ । सचिनको आवाजमा रहेको गीतलाई राज खड्काले लेखेका हुन् भने रमेश खड्काले संगीत भरेका छन् ।विनोद गुरुङ भुजेलको एरेन्ज रहेको गीतको भिडियो निर्माण नवराज भट्टराईले गरेका हुन् ।

भिडियोमा विदुर पाण्डेको छायांकन,मनोज कार्कीको सम्पादन र दिपेन्द्र तिमल्सिनाको निर्देशन रहेको छ । एक दर्जन भन्दा बढी गीत रेकर्ड गराईसकेका सचिन ‘खोजि प्रतिभा – सिजन २’ सेकेण्ड रनरअप समेत हुन् । खोटाङमा जन्मिएका सचिनले यसअघि ढाकाको चोलीमा, सिसि क्यामेरा लगायतका गीतहरु बजारमा ल्याईसकेको छन् ।