‘ऐश्वर्य’ को ट्रेलर सार्वजनिक नव नायिका दिपिका बोल्ड अवतारमा


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘ऐश्वर्य’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले चलचित्रको ट्रेलर सार्बजनिक गरेको हो । एक्सन र रोमान्सले भरपुर ‘ऐश्वर्य’मा रमेश उप्रेती, दिपीका प्रसाई , प्रशान्त ताम्राकार र केकी अधिकारी,अर्जुन श्रेष्ठ,केशब भट्टराई,सुनिता ठाकुर,बिकाश खतिवडा,अमित पोखरेल लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ । निकै बोल्ड अवतारमा देखिएकी दिपीकाकै वरिपरि ‘ऐश्वर्य’ को मुख्य कथावस्तु घुमेको छ ।

‘ऐश्वर्य’ को निर्देशन दिवाकर भट्टराईले गरेका हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ । आगामी कात्तिक ९ गते छठ पर्वकाे दिन रिलिज हुने चलचित्रको निर्मातामा रमेश उप्रेती र कार्यकारी निर्माता निर्मल शर्मा रहेका छन् । केहि समय अघि सर्नाजनिक भएको गीत तिमि रोएको पलले दर्शक श्रोताको मन जिती सकेको छ ।