’ऐश्वर्य’ पोस्टरमा अटाइन केकी अधिकारी


सेलिब्रेटी नेपाल काठमाडौँ

सार्वजनिक गीत तिमि रोएको पल र ट्रेलरले चर्चामा ल्याएको कार्तिक ९ मा रिलिज हुने चलचित्र ’ऐश्वर्य’ ले केकी अधिकारीलाइ अगाडी ल्याएको छ । ट्रेलरमा मात्र रिभिल गरिएको केकीलाई निर्माण पक्षले सार्वजानिक गरेको नयाँ पोष्टरमा केकीलाई अभिनेता रमेश उप्रेतीसंग प्रस्तुत गरेको छ । ट्रेलरमा दर्शकलाई सरप्राइज दिएपछि निर्माण टीमले केकीलाई पोष्टरमा पनि रिलिज गरेको छ । दर्शकले ट्रेलरमा केकीलाई रुचाएका छन् भने चलचित्र भित्र उनि दमदार भूमिकामा रहेको निर्माण पक्षले बताएको छ ।

चलचित्रमा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा सह निर्माता रहेको यस चलचित्रमा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप वरालको छायाँकन रहेको यो चलचित्र कार्तिक ९ मा रिलिज हुनेछ । चलचित्रलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ ।