ऐश्वर्य हेर्न दर्शकको उपस्थितिले निर्माण युनिट हर्षित


सेलिब्रेटी नेपाल काठमाडौँ

सार्वजनिक गीत तथा ट्रेलरले पाएको हाईपकै कारण दर्शक ऐश्वर्य हेर्न हलसम्म आएका छन् । गत विहिबार रिलिज भएको चलचित्रले दर्शकको साथ पाएको छ । चलचित्र विहिबार , शुक्रबार तथा शनिवार गरेर २ करोड बढी ग्रस कलेक्सन गर्न सफल भएको छ । ’चलचित्रले कमाएको कुराले हर्षित छु नै साथै चलचित्रलाई दर्शकले मन पराउनु भएको छ , त्यसैले झन् हर्षित छु’ निर्मातासंगै कलाकार समेत रहेका रमेश भन्छन ’चलचित्रको मेकिङको सर्वत्र चर्चा छ , त्यो सुखद पक्ष हो ।’

चलचित्रले पहिलो दिन विहिबार उपत्यकामा २८ लाख ८६ हजार १ सय ७ रुपैया र मोफसलमा १९ लाख ३० हजार ५ सय ७५ को ब्यापार गर्न सफल भएको थियो भने दोस्रो दिन शुक्रबार उपत्यकामा ३२ लाख ६६ हजार ७ सय ४३ र मोफसलमा २४ लाख ८३ हजार ३ सय ५० को ब्यापार गर्न सफल भएको थियो । पहिलो र दोस्रो दिन दर्शकको साथ् पाएको फिल्मले तेस्रो दिन शनिवार पनि उल्लेख्य साथ् पाएको थियो । तेस्रो दिन शनिवार उपत्यकामा ५६ लाख ६४ हजार ५ सय ३७ र मोफसलमा ३९ लाख ६६ हजार १ सय ७२ को व्यापार गर्न सफल भएको छ । चलचित्रले तिन दिनमा २ करोड १ लाख ९७ हजार ४ सय ८४ को ग्रस कलेक्सन गर्न सफल भएको छ ।

चलचित्रमा रमेश उप्रेती , प्रशान्त ताम्राकार , दीपिका प्रसाईं, केकी अधिकारी , निर्मल शर्मा , अर्जुन श्रेष्ठ , विकास खतिवडा ,तेन्जु योन्जन लगायतको पनि अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । राजेश श्रेष्ठ र सुदीप बरालकोे छायाँकन रहेको यो चलचित्रलाई डिसीएनले अल नेपाल वितरण गरेको हो ।