नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु नेपालबाट खाते समाबेश


सेलिब्रेटी नेपाल काठमाडौँ
‘छैटौं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०१७’ आजबाट सुरु भएको छ । रसियन कल्चरल सेन्टरमा आयोजना गरिएको फेष्टिभल तीन दिनसम्म चल्नेछ ।

महोत्सवमा नेपाल सहित १३ देशका ९ चलचित्र प्रदर्शन हुनेछन् । कलेज अफ मास कम्युनिकेसन एन्ड जर्नालिज्मको आयोजना रहेको महोत्सव नेपाल अफ्रिका बिचको संस्कृती आदान प्रदान गर्ने उदेश्य रहेको आयोजक संस्थाकी अध्यक्ष डा. मन्जु मिश्रले जानकारी दिइन् ।

महोत्सबमा आज इजिप्टबाट मोहम्मद रशद निर्देशित फिल्म ‘लिटिल इगल’नेपाल÷तान्जानिया÷भारतको जमेश गियाम्ब्रोने र रुश पारिसेओउ निर्देशित ‘होल्डिङ अप द स्काई’ प्रदर्शन गरियो ।

यस्तै भोली ३ असोजमा युगान्डाको एगोन्जे अर्नोल्ड निर्देशित ‘नथिङ इज गोईन अन’, सँयुक्त राज्य अमेरिका÷चिलुवाको ह्वेभेस स्ट्रिटर निर्देशितन ‘सिलिकोन भ्याली’, मोरोक्को÷फ्रान्सको फाओजी बन्साईदी निर्देशित ‘मिली मिओस’ र सेनेगलको ‘ह्वेनास’प्रदर्शन हुनेछन् ।

महोत्सबको अन्तिम दिन ४ असोजमा भने युगान्डाको टोची मादुवा निर्देशित ‘फेटल डिस्टिनी’, रुवान्डाको मारिई निर्देशित ‘अ पिस फर माईसेल्फ’ र नेपालबाट रोशनी केसी निर्मित चलचित्र डा…खाते प्रदर्शनी गरिनेछ । महोत्सवका लागि नेपालबाट यस पटकको एक चलचित्र डा. खाते मात्र चयन भएको छ ।