अफ्रिकी सुन्दरी बनिन मिस युनिभर्स


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

६७ औं मिस युनिभर्सको ताज दक्षिण अफ्रिकन मुलकी सुन्दरी डेमी लेह नेल पिटर्सले जितेकी छन् । अमेरिकाको लस भेगास स्थित एलेक्सेस थिएटरमा आयोजित ‘मिस युनिभर्स २०१७’को अन्तिम स्पर्धामा उनले ९२ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।

प्रतियोगितामा फष्ट रनरअप कोलम्बियाकी लाउरा गोन्जालेज र सेकेन्ड रहनरअप जमैकाकी डाभिना बेनेट घोषित भएका छन् ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि छानिएको उत्कृष्ट पाँचमा कोलम्बियाकी लाउरा गोन्जालेज, जमैकाकी डाभिना बेनेट, दक्षिण अफ्रिकाकी डेमी लेगा नेल पिटर्स, थाइल्यान्डकी मारिया पुनलेर्टरार्प र भेनेजुयलाकी केइसी सियागो पुग्न सफल भएका थिए ।

नेपाल, कम्बोडिया र लाओसले पहिलोपटक ‘मिस युनिभर्स’मा भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’मा पुगेकी नेपालकी सुन्दरी नग्मा श्रेष्ठ भने उत्कृष्ट १६ भित्र मात्र पर्न सफल भएकी छन् ।