अभिनेता शिबको छोरा र अभिनेत्री करिश्माको छोरीको रोमान्स


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘एउटा यस्तो प्रेमकहानी’ मार्फत अभिनेता शिब श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरको छोरी कबिता मानन्धर चलचित्रमा डेब्यु गर्दैछन् । चलचित्र ‘एउटा यस्तो प्रेमकहानी’ मार्फत यी दुइ सफल कलाकारका सन्तान नेपाली रजतपटमा प्रवेश गर्न लागेको चलचित्र निर्माण युनिटले राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर जानकारी गराएको हो । अभिनेत्री करिश्मा मानन्धरले फिल्म ‘सन्तान’मा डेब्यु गर्दा उनको उमेर १४ वर्षको थियो । अहिले उनकी छोरी कविता मानन्धर डेब्यु गर्दा उमेर २१ वर्षको छ । लामो समय अमेरिकामा बसेर उतै पढाई पुरा गरेकी कविताले अभिनेता शिव श्रेष्ठको अष्ट्रेलियामा बस्दै आएका छोरा शक्ति संग स्क्रिन शेयर गर्दैछिन ।

निर्देशक दिपेश सापकोटाको निर्देशनमा बनेको चलचित्र एक्सन र प्रेम कथामा बनेको छ कार्यक्रममा चलचित्रको टिजर पनि सार्बजनिक गरिएको थियो शिव श्रेष्ठ, यशोधा राई र दिनेश दर्शनधारीको लगानी रहेको चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज श्रेष्ठ, सञ्जोग कोइराला, वर्षा राउत, शिव श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।