नायक अनमोल केसी मध्यरातमा सडकमा निस्किएपछी !


सेलिब्रेटी नेपाल काठमाडौँ

स्टार नायक भुवन केसीको निर्माण तथा अनमोल केसी अभिनित चलचित्र ‘कृ’को छायाँकन फेरि सुरु भएको छ । पटक पटक रोकिदै आएको चलचित्रको छायाँकन अहिले राजधानीमा चली रहेको छ ।राजधानीको बिभिन्न सडकमा मध्यराती चलचित्रको लागि द्धन्द्धका दृश्यहरु छायाँकन भइरहेको छ ।
द्वन्द निर्देशक चन्द्र पन्तले चलचित्रमा अनमोलले दिदै गरेको दृश्य सहितका केही तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा अनमोलको एक्सन लुक समेत देख्न सकिन्छ ।

अनमोलसँगै अदिति बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, अमित गिरी, लक्ष्मी गिरी, सुदाम सिके लगायतका कलाकारहरुको अभिनय चलचित्रमा रहेको छ ।

सुवास गिरि र भुवन केसीले मिलेर निर्माण गरिरहेको चलचित्र पुरुषोत्तम प्रधानले छायाँकन गरिरहेका छन् । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्रको निर्माण समयमा रिलिज मिति समेत घोषणा गरिएको थियो । तर समयमा छायाँकन नसकिदा पटक पटक रिलिज मिति सर्दै आएको छ ।