‘मेरी मामु’ पहिलो गीत सार्बजनिक,सन्तोषको सात बर्षे छोराको डेब्यु


सेलिब्रेटी नेपाल काठमाडौँ

निर्माता सन्तोष सेनको निर्माणमा बनेको चौंथो चलचित्र ‘मेरी मामु’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रम गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । बाल मानोविज्ञान, सामाजीक तथा पारिवारिक कथामा निर्माण भएको चलचित्र ‘मेरी मामु’मा समावेश ‘आमा’ बोलको गीत सार्वजनिक गरिएको हो । शिर्ष गीतमा चलचित्रको मुख्य पात्र शारुक ताम्राकार, आयुब सेन र कुशुम गुरुङलाई फिचर्ड गरिएको छ । यम थापाको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा कल्याण सिंहको संगीत रहेको छ भने सार्बजनिक गीतमा रबिन मल्लको शब्द तथा रोहित जोन क्षेत्रीको स्वर रहेको छ ।

‘मेरी मामु’मा बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन, पुरुषोत्तम प्रधान मानकृष्ण महर्जनको छायांकन रहेको छ । चलचित्रमा शाहरुक ताम्राकार अश्लेषा ठकुरी, कुशुम गुरुङ, भूवन चन्द, दुर्गा मल्ल बालकलाकार आयुब सेन, कृजन गौतम र शुभम बिष्टको अभिनय रहेको छ । आसुसेन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘मेरी मामु’बाट निर्माता सेनका छोरा आयुब सेन र कुशुम गुरुङले डेव्यु गर्दै छन् । चलचित्र भाद्र १५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।