आर्यनको मायामा बाधिदै पुर्ब मिस नेपाल सृष्टि (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

शबिर श्रेष्ठ निर्देशित आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘बाँध मायाले’को शिर्ष गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो

सार्वजनिक गीतमा चलचित्रका मुख्य दुई पात्रलाई फिचर्ड गरिएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर समाबेश छ । ‘बाँध मायाले’लाई काइट्स इन्टरटेनमेन्टको ब्यानरमा रामहरि धिताल र विभिषिका श्रेष्ठले मिलेर निर्माण गरेका हुन् चलचित्रका कार्यकारी निर्माता केदार धिताल हुन् ।

‘बाँध मायाले’बाट किशोर खड्काले नव-नायकको रुपमा डेव्यु गर्दैछन् । चलचित्रमा बाबु श्रेष्ठको छायाँकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन रहेको छ । चलचित्रमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय रहेको छ । चलचित्र असोज ५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।