आर्यन र साम्राज्ञी दोस्रो रोमान्टिक गीत सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

साउन १८ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘कायरा’ मा समावेश दोस्रो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘यो त माया हो’ बोलको गीतमा चलचित्रका मुख्य दुई पात्र आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचर्ड गरिएको छ । फिलिपिन्सको सुन्दर लोकेसनमा छायांकन गरिएको गीतमा आर्यन र साम्राज्ञीको केमेष्ट्री उत्कृष्ट देखिएको छ । ‘कायरा’ यतीवेला दर्शको पखाईमा रहेको चलचित्र हो । चलचित्रले सार्वजनिक ट्रेलर, गीत, संगीतबाट दर्शक माझ एक प्रकारको हाइप बनाइसकेको छ । कल्याण सिंहको संगीत रहेको गीतको शब्द संचारकर्मी नरेश भट्टराईले लेखेका हुन्, गीतमा सुगम पोखरेल र श्रेया सोताङ्गको स्वर रहेको छ ।

कायरालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । आर्यन सिग्देल इन्टरटेनमेन्टको र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् । कोशिष क्षेत्री,अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन शिवराम श्रेष्ठ (आशिकी)को छायाँकन रहेको छ ।