आर्यन र साम्राज्ञीको जोडीलाइ दर्शकले रुचाए


सेलिब्रेटी नेपाल काठमाडौँ

आर्यन र साम्राज्ञीको लब स्टोरी चलचित्र कायराले सुखद ओपनिङ्ग गरेको छ शुक्रबारबाट अलनेपाल प्रदर्शनमा आएको चलचित्र ‘कायरा’ ले यो वर्ष रिलिज भएका अन्य चलचित्रलाई धेरै पछाडी छोड्दै उच्च व्यापार गरेको छ । गतवर्ष प्रदर्शमा आएको चलचित्र ‘रुद्रप्रिया’ पछि पर्दामा नदेखिएका आर्यन सिग्देल र अहिलेकी हटकेक नायिका साम्रज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको चलचित्र ‘कायरा’ले देशभरबाट सुखद अकुपेन्सी प्राप्त गरेको छ ।

देशैभर वितरणको जिम्मा लिएका सुनील मानन्धरले चलचित्रको ‘फर्स्ट डे’ अकुपेन्सी सुखद रहेको बताए । उनी भन्छन्, ‘शुक्रवार बिहानदेखि साँझसम्म ‘कायरा’ को अकुपेन्सी ६० प्रतिशतको आसपास छ । सिंगलभन्दा चलचित्र हेर्न मल्टिप्लेक्समा दर्शक बढी आएका छन् ।’ वितरक मानन्धर शनिवार सिनेमाको अकुपेन्सी शतप्रतिशत हुनेमा विश्वस्त देखिए । शनिबार बिहानै देखि परेको पानीले सिनेमाको विजनेसमा केहि प्रभाव पारे पनि दर्शकको राम्रो उपस्थीती रहेको छ । पानीका वाबजुद पनि शनिबारको बिहानी शोमा देशभरका सिनेमा हलमा ९० प्रतिशत अकुपेन्सी रहेको सुनाए ।

लभस्टोरी मनपराउने दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको चलचित्रका निर्देशक लक्ष्मण रिजाल हुन् । मल्टिप्लेक्समा उच्च शोज पाएको ‘कायरा’ ले देशभरका करीब ८० बढी हल पाएको छ । वितरक मानन्धरका अनुसार, शुक्रवार राजधानी भित्र र बाहिरका सबै हल हाउसफुल नभए पनि दर्शकको उपस्थिति राम्रो रहेको छ । उक्त सिनेमामा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलकै कथा रहेको चलचित्रमा स्क्रिन प्ले र डाइलग केदार भुषालको रहेको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । शिवराम श्रेष्ठले छायांकन गरेको चलचित्रमा राजकुमार भट्ट कार्यकारी निर्माता रहेका छन् । ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।