आर्यन रेखा लाई भन्दै छन् तिमि बाहेक को छ र ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

रेखा थापा र आर्यन सिग्देल अभिनित चलचित्र रुद्रप्रियाकोरोमान्टिक गीत सार्बजनिक गरिएको छ कात्तिक २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रुद्रप्रिया’मा समावेश रोमान्टिक गीत ‘तिमी बाहेक अरु’ गीतमा अर्जुन पोख्रेलको संगीत, सनुप पौडेल र अन्जु पन्तको स्वर, अम्बिका शर्माको शब्द रहेको छ ।

प्रविण सिंहले कोरियोग्राफी गरेको यो गीतमा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल र नायिका रेखा थापाको प्रेम देखाइएको छ । चलचित्रमा आर्यन र रेखाको अलवा राजन इशानको पनि मुख्य भूमिका छ । सुदिप बबी भूपाल सिंहको निर्देशनमा तयार भएको यस चलचित्रका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् । चलचित्रको एक गीत र ट्रेलर यस अगाडि नै सार्वजनिक भई सकेको छ ।