आठ बर्ष पछी रेखाले आर्यन संग औठी चिनो मागे पछि (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नायिका रेखा थापाले निर्माण गरेको ‘रुद्रप्रिया’ को ‘भुनभुन गर्दैमा आइपुगे तिम्रो छेऊ.., मेरो माया छ भने रुमाल चिनो देऊ..’ बोलको गीतको भिडियो सार्वजनिक गरिएकाे छ ।

उक्त गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीको स्वर तथा राजनराज सिवाकोटीकै शब्द सृजना र संगीत रहेकाे छ । गीतमा गायक तथा संगीतकार सिवाकोटीकै शब्द र राजन इशानको
संगीत संयोजन रहेको छ ।

भिडियोमा रेखा थापा, आर्यन सिग्देल र राजन इशान फिचरिङ छन् । आर्यन रेखालाई ‘माया भए’ रुमाल चिनो माग्दैछन् भने रेखा आर्यनसँग औंठी चिनो माग्दैछिन् । सञ्जय लामाले आकर्षक तरिकाले भिडियो खिचेका छन् । झण्डै ८ वर्षपछि पर्दामा फर्किएका आर्यन र रेखाको केमेष्ट्री पनि गज्जबको देखिन्छ । भिडियोलाइ प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् ।