आर्यन प्रियंकाको रोमान्स हेर्न अभिभावक चाहिने


सेलिब्रेटी नेपाल काठमाडौँ

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘बटरफ्लाइ’ले फिल्म सेन्सर बोर्डबाट ‘पीजि’ सर्टिफिकेट पाएको छ । पीजि सर्टिफिकेट पाएपछि १६ वर्ष भन्दा कम उमेरका दर्शकले चलचित्र हेर्न जाँदा अभिभावक अनिवार्य रुपमा लैजानुपर्ने हुन्छ ।

ओमप्रतिक गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा आर्यन अधिकारी, प्रियंका कार्की, अर्पण थापा, सुष्मा कार्की, रविन्द्र खड्का, सुरविर पण्डित, मोहन निरौलालगायतको अभिनय रहेको छ । आर्यन र प्रियंकाको रोमान्टिक प्रेमकथा चलचित्रको ‘म गाउँदिन अब गीत गजल’ युट्युबमा हिट भइसकेको छ ।

चलचित्रमा अर्जुन पोखरेल, विकास चौधरी र दिपक शर्माको संगीत, कुमार महर्जनको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र सुरेश बज्राचार्यको छायांकन रहेको छ । पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदीको लगानी रहेको फिल्ममा रमेश प्रजापति कार्यकारी निर्माता र सरोज शाह तथा मन्दिप श्रेष्ठ सहनिर्माता छन् ।