आर्यन सोध्दैछन् रंगिन दुनियाँमा रंग छ कहाँ ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

शुक्रबार देखि प्रर्दशनमा आएको चलचित्र ‘कायरा’ मा समावेश नयाँ गीत सार्बजनीक गरिएको छ । सार्वजनिक गीतमा मुख्य कलाकार आर्यन सिग्देललाई फिचर्ड गरिएको छ । ‘रंग छ कहाँ’ बोलको गीतमा कोसिश क्षेत्रीको शब्द तथा संगीत र केतन क्षेत्रीको स्वर रहेको छ । लक्ष्मण रिजालले निर्देशन गरेको चलचित्रमा आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहका अलवा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको पनि मुख्य अभिनय रहेको छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलकै कथा रहेको चलचित्रमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । चलचित्रलाइ बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन्। शिवराम श्रेष्ठले छायांकन गरेको चलचित्रलाइ राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।

चलचित्रले प्रर्दशनको तेस्रो दिन सम्ममा करिव १ करोड १२ लाख बराबर कारोवार गरि सकेको छ । वितरक सुनिल मानन्धरका अनुसार चलचित्रले शुक्रवार र शनिबार इनिसियल व्यापार राम्रो गरेको थियो भने आइतबारबाट सिनेमाको व्यापारमा केहि गिरावट आएको छ ।