आमाको सम्झनामा लेखुले ल्याए वियोगान्त गीत


सेलिब्रेटी नेपाल काठमाडौँ

आमा बुवा भनेको जिउँदो भगवानको प्रतिमुर्ति हुन् । मन्दिर धाउनु भन्दा जिउँदो भगवानलाई पूजा गर्दा चाहिं उचित हुन्छ । आमा बुवाको ममताको वर्णन शब्दद्वारा गर्नै सकिन्न। असल बाटोमा हिंड्न अभिप्रेरित गर्न सक्ने पहिलो व्यक्ति आमा नै हुन् । यहि कुरालाई स्मरण गर्दै आमाको मुख हेर्ने अघिल्लो दिन गायक लेखु सहयात्रीले ‘आमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।
गायक सहयात्रीको स्वर तथा राजन खतिवडाको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका छन् ।

गीतमा मिक्सिङ श्यामस्वेत रसाईलीले गरेका छन् । अर्जुन अधिकारीको निर्देशनमा बनेको गीतमा उत्सव दाहालको छायांकन रहेको छ भने निशान घिमिरेको सम्पादन रहेको छ । गायकले आफ्नै रियल कथामा गीत तयार पारेको बताएका छन् । गीतको भिडियोमा सुशान्त खत्री फिचर छन् ।