आकाशको ‘ड्रिम गर्ल’ अब मंसिर ७ मा


सेलिब्रेटी नेपाल काठमाडौँ
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरी स्टारर चलचित्र ‘ड्रिम गर्ल’ को प्रदर्शन मिति फेरि हेरफेर भएको छ । गएको असार २९ पछि निर्माण टिमले चलचित्रलाई असोज १९ गते ल्याउने घोषणा गरेको थियो ।

फेरि एकपटक प्राविधिक कारण देखाउँदै उक्त चलचित्रको प्रदर्शनमंसिर ७ गतेलाई तय गरिएको छ । निर्देशक ऋषिराज आचार्यले अब चलचित्रको प्रदर्शन मिति फेरबदल नहुने बताए । चलचित्रमा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् ।

आरबि मुभीजको ब्यानरमा बनेको चलचित्रको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल छन । काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको यस चलचित्रको सह-निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ । राहुल राईले खिचेको चलचित्रमा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ । चलचित्र नवीन निरौलाले सम्पादन गरेका हुन् । चलचित्रमा समाबेश दुइ वटा गीत सार्बजनिक भई सकेका छन् ।