आकाश र आश्माको ‘ड्रिम गर्ल’ रोमान्टिक गीत सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

निर्देशक ऋषिराज आचार्य निर्देशित चलचित्र ‘ड्रिम गर्ल’को रोमान्टिक गीत सार्बजनिक गरिएको छ राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरी स्टारर चलचित्र ‘ड्रिम गर्ल’ को ‘तिम्रो मायामा’ बोलको गीत सार्बजनिक गरिएको हो ।

भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरी फिचर छन् । रारा तालसँगै थाइल्याण्डको समुन्द्र आसपास खिचिएको गीतमा आकाश र आश्माको जोडी सुहाएको छ । अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र अम्बिका शर्माको शब्द रहेको छ ।

आरबि मुभीजको ब्यानरमा बनेको चलचित्रको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वरधिताल रहेका छन ।चलचित्र ‘ड्रिम गर्ल’ मा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतको पनि अभिनय रहेको छ । यस चलचित्रको सह-निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ । राहुल राईले खिचेको चलचित्रमा गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ भने चलचित्रलाइ नवीन निरौलाले सम्पादन गरेका हुन् ।